डडेल्धुरा ।
डडेल्धुरामा सुदुरपश्चिम इन्स्टिच्युट एण्ड रिसर्च सेन्टर (एस.आई.आर.सि) आजबाट संचालनमा आएको छ । आज एक कार्यक्रमका बीच सुदुरपश्चिम इन्स्टिच्युट एण्ड रिसर्च सेन्टरद्वारा ४५ दिने हाउस वायरिङ र ३० दिने लेखा तथा कर व्यवस्थापन तालीम संचालनमा आएको छ।
विभिन्न ४५ किसिमका सिपमुलक तालिम संचालनमा ल्याउने सुदुरपश्चिम इन्स्टिच्युट एण्ड रिसर्च सेन्टरका संञ्चालक लाल दत्त पन्तले जानकारि दिनुभयो ।
उनेले भने ” हामिले ४५ दिने हाउस वायरिङ, ३० दिने लेखा तथा कर व्यवस्थापन तालीम जस्तै अरु ४५ किसिमका सिपमुलक तालिम दिने छौ । युवालाई विभिन्न किसिमका सीपमुलुक र रोजगारमुलक कार्यक्रम सँग जोड्ने लक्ष्यका साथ यस संस्थाको स्थापना गरेका छौं ।”
साथै संस्थाका प्रबन्ध निर्देशक टंक अवस्थीले उक्त कार्यक्रममा बोल्दै भने “आजबाट औपचारिक रूपमा डडेल्धुरामा सुदुरपश्चिम इन्स्टिच्युट एण्ड रिसर्च सेन्टर (एस.आई.आर.सि) संचालनमा ल्याएका छौं र आगामी दिनहरुमा यस इन्स्टिच्युटका शाखाहरु बिस्तार गरि सूदुरपश्चिमका सम्पूर्ण जिल्लामा यस्तै सीपमुलुक कार्यक्रम संचालनमा ल्याउने छौं ।”
उक्त कार्यक्रमको प्रमुख अतिथिमा घरेलु तथा साना उद्योग बिकास कार्यालय डडेल्धुराका प्रमुख केशव भण्डारी र अतिथिको रूपमा शिक्षा अभियान्ता तथा लुनिभा बाल सरोकार समुह डडेलधुराका कार्यालय प्रमुख भुवन बिष्ट समेत रहनुभएको थियो ।




















