डडेल्धुरा ।
डडेल्धुरा जिल्ला सदरमुकामको तुफानडाँडा भन्दा १ कि.मि भित्र हराभरा जंगलको विचमा रहेको छ डडेल्धुरा क्याम्पस । डडेल्धुरा बहुमुखी क्याम्पसको स्थापना विं.सं २०५२ सालमा भएको थियो । त्यो बेला निकै नाम चलेको मात्र हैन निकै संख्यामा जनशक्ति उत्पादन गर्ने थलो थियो डडेल्धुरा क्याम्पस । उत्त क्याम्पसमा बैतडी, बाजुरा, अछाम, डोटि, बझाङ, बाजुरा र डडेल्धुरा लगायतका विद्यार्थीहरु अध्ययन गर्थे।
जिल्ला सदरमुकाममा रहेको यो क्याम्पसले सुदुरपहाडका विद्यार्थीहरुलाई अध्धयनका लागि निकै सहज भएको थियो । हालको अवस्थामा तुलनात्मरुपमा क्याम्पसको गुणस्तर खस्कदो अवस्थामा रहेको छ । विभिन्न राजनितीक दलका संगठनहरु दर्ता भएर नेताहरु उत्पादन गर्ने थलो भएको छ डडेल्धुरा क्याम्प । स्थानीय देखी राष्ट्रीय स्तरका नेताहरु उत्पादन गरे पनि क्याम्पसले आफ्नो भौतिक तथा प्राविधिक स्तर भने सुधार गर्न कन्जुसाई गरेको यस क्याम्पसमा देख्न सकिन्छ ।
डडेल्धुरा स्ववीयु कप माथि प्रश्नै प्रश्न किन ? के हो वास्तिबिकता
डडेल्धुरामा स्वीयुले विगत बर्ष २०७४ बाट नै विद्यार्थीहरुलाई स्थान दिन र प्रतिभा पहिचान गर्नका लागि खेलकुद आयोजना गर्दै आएको छ । यस संगठनले विभिन्न खेलका माध्यमहरुबाट क्याम्पसको प्रचार प्रसारण गर्ने काम पनि गर्दै आएको छ । स्ववीयुले आयोजना गरेको स्ववीयु कपमा पहिलो संस्करणमा पुरुस्कार रु २५,००० (पच्चीस हजार) रहेको थियो, दोस्रो बर्ष रासि बढेर रु ५०,००० (पचाँस हजार) , त्यासपछि रु ५५,००० (पचपन्न हजार ) रहदै आएको छ । यस बर्ष हुने भनिएको स्ववीयु कपको बारेमा भाद्र २२ गते पत्रकार सम्मेलन गरेर जानकारी गराएको थियो । यस पटक स्ववीयुले कपको पुरुस्कार बढाएर १ लाख ५१ हजार राखेको छन् भने यस बर्ष महिला तर्फको पनि भलिवल प्रतियोगितालाई समावेस गरेको छ ।
बिबाद किन ?
यो वर्षको स्ववीयु कप माथी डडेल्धुराका अन्य विद्यार्थी संगठनहरुले भने असहमति जनाउदै आएका छन् । विद्यार्थीहरुले असहमती जनाउनुको कारण भने एकलौटि भएको आरोप लागेको छ । नेविसंघ विपी, अनेरास्ववीयु , अखिल क्रान्तिकारि , अनेरास्ववियु (समाजवादीले ) यसमा विरोद संगै खबरदारी गर्दै आएका छन् । यी संगठनका अनुसार स्ववीयुको म्याद सकिएको र थप म्याद नरहेकाले पनि डडेल्धुरामा स्ववीयु नै अवैधानिक रहेको गुनासो आएको छ ।
स्ववीयुको लगाव कसरि बढ्यो :
२०७४ सालमा २५ हजार रासिबाट सुरु गरेको स्ववीयुले अहिले चार बर्षमा राषि रु १ लाख ५१ हजार पुगाएको छ । खेलका लागि विभिन्न संघ संस्था र व्यक्तिहरुसँग सहयोग मागेर खेल सुचारु गरिन्थ्यो, तर यस पटक सामाजिक मन्त्रालयले रु १० लाख खेलकुदका लागी विनियोजन गरेको छ ।
क्याम्पसको अवस्था के छ ?
डडेल्धुरामा रहेको डडेल्धुरा बहुमखी क्याम्पस भित्र प्रवेस गर्ने हो भने क्याम्पसमा न गतिला धमरा छन् , नत चर्पि नै, न त झ्याल नै गतिला छन् । छ त केवल प्रकृतिले दिएको उपशार सुन्दर वन जंगल । क्याम्पसमा औपचारि भन्दा पनि अनौपचारीक रुपमा पढ्ने विद्यार्थीहरु बढि रहेका छन् । तुलनात्मक रुपमा पुरुष भन्दा महिला बढी छन् । क्याम्पसको भौतिक अवस्था नाजुक छ । विद्यार्थीहरुका लागि सहज र सुलभ पुस्तकालय छैन् ।
समग्रमा विद्यार्थी
यस क्याम्पसको विकासका लागि आम सरोकारवाला नागरिकहरुको चासो जाग्नु जरुरि छ । क्याम्पसको सुधारका लागि भौतिक संरचनाहरु निमार्ण गर्ने , सरल सुलभ पुस्तकालय स्थापना गर्ने । विद्यार्थीहरुको पढाई संगै राजनिती गर्न सिकाउने हो भने क्याम्पसको गरिमा र क्याम्पसको नतिजा राम्रो आउनुसक्छ । यति मात्र हैन क्याम्पसको गुणस्तर सुधार गर्ने हो भने यो सुदुर पहाडको एक शैक्षिक गनत्व्य अवश्य बन्ने छ । –दिपक राज भट्ट

















