बैतडी ।
जिल्लाको सिगास गाउँपालिकाको वडा नं.०२ गाँजरी खुदाईनगरमा स्थानीय युवाहरूले निशुल्क अतिरिक्त कक्षा संचालन गरेका छन्।फुर्सदको समयको सदुपयोग गर्दै बिद्यार्थीको पढाइमा सहयोग गर्ने हेतुले स्थानीय युवाहरू द्वारा निशुल्क अतिरिक्त कक्षा संचालन गरिएको हो।
खुदाईनगर टोलमा रहेका बिद्यार्थीहरु लाई पढाइ तर्फ उन्मुख गर्ने हेतुले यहीँ पौष १७ गते टोलका अभिभावकहरुको भेला बोलाइ ध्रुब किरण भुलको संयोजकत्वमा बसेको बैठकले यहीँ माघ १८ गतेदेखि निशुल्क अतिरिक्त कक्षा संचालन गर्ने निर्णय अनरुप कक्षा संचालनमा ल्याएको संयोजक ध्रुब किरण भुलले बताएका छन्।
उनका अनुसार बिद्यार्थीको शैक्षिक गुणस्तरमा सुधार ल्याउनका लागि स्थानीय युवाहरु सङ्गको समुन्वयमा खुदाईनगर टोलका बिद्यार्थीका लागि निशुल्क अतिरिक्त कक्षा संचालनमा ल्याएको जनाएका छन्।
कक्षा संचालनका लागि कोठा ब्यवस्थापनमा उद्वब चर्मकार र अध्यापनमा नरेश बहादुर भुलको बिशेष सहयोगमा कक्षा संचालन गरिएको छ भने अहिले खुदाईनगरका २५ घरपरिवारका ४७ जना बिद्यार्थीले अतिरिक्त कक्षा लिईरहेका छन्।
