बैतडी ।
बैतडीको पाटन नगरपालिका वडा नं १० की वडा सदस्य एवं कार्यपालिका सदस्य दिपिका पन्तले एक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेकी छन् । जिल्लाको पाटन नगरपालिका १० स्थित निलपालेश्वर मा.वि डैंसीलीको ६३ औं बार्षिकोत्सवको अवसरमा गरिब तथा जेहेन्दार १० जना छात्रछात्राहरुलाई शैक्षिक सामग्री वितरण गरिएको पन्तले बताइन् ।
विद्यार्थीहरुलाई अध्ययन कार्यमा केही सहज होस भनेर शैक्षिक सामग्री वितरण गरिएको उनले बताइन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायणदत्त पन्तको अध्यक्षतामा भएको बार्षिकोत्सव समारोहमा नगरकार्यपालिका सदस्य पन्त प्रमुख अतिथी रहेकी थिइन् ।
बार्षिकोत्सवको अवसरमा विद्यालयका प्रधानाध्यापक लक्ष्मीप्रसाद पन्तले विद्यालयको शैक्षिक, भौतिक र आर्थिक प्रतिवेदन पेश गरेका थिए ।बार्षिकोत्सवको अवसरमा विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार समेत वितरण गरिएको थियो ।