काठमाडौं : समय विहानको थियो । त्यस दिन सबै कक्षा १२ को अन्तिम विषय थियो । सबैको अनुहारमा एउटा छुटै दुःख र सुख बिचको भाव अनुहारामा झल्की रहेको थियो। कसैको अनुहार आज अन्तिम विषय भनेर मुहार हर्षले भरिपुर्ण थियो भने कसैको साथीहरु संग छुट्टिनुको र भबिस्यको पिडा छरलङग देखा परेको थियो ।
यी बिच एउटा पात्र जसको अनुहारमा यी भावनाहरू व्यक्त भएको थिएनन् । ती विद्यार्थीहरु बिच परिक्षामा चाईने सामाग्रीहरु बिक्री गरिरहनु भएको थियो। आकाश गड्याङग गुडुङ्ग गर्नु पश्चात पानी एकोरो दर्किन थाल्यो नभन्दै हामी विद्यार्थीहरु पनि ओथ लाग्न भनी त्यही पात्रको पुस्तक पसलमा पुग्यौ। साथीहरूले परिक्षालाई चाहिने सामाग्रीहरु किन्दै थिए र म संग पनि कलमको अभाव थियो, दाईको नाता लगाउदै रु २० मा एउटा कालो कलम पनि किने त्यतिकै को क्रममा साथीहरू बिच कुराकानी हुन थाल्यो।
१२ कक्षा त सकियो अब के गर्ने नि ? यो प्रश्नको उत्तर सबैले दिए तर ती उत्तर केबल भन्नको लागि मात्र भनिएको थियो तर उत्तर दिनेहरू माथी नै एउटा ठुला प्रश्न खडा भएको थियो। धेरैको उत्तर भने विदेश गइ सपना पूरा गर्ने हो भनी अधिकांसको उत्तर आएको थियो र त्यहि हामी बिच एउटा पात्रको हाम्रा धारणा भन्दा फरक किसिमको धारणा आयो ।
‘उनले जे गर्ने हो देशमा नै गर्ने हो भनेर भनिन्’ । ती पात्रको नाम सलीना गौतम जो म पढ्ने विद्यालयको एक उत्कृष्ट विधार्थीको रुपमा चिनिदै आएकी थिइन् । उनले भन्छिन् ‘देशको अवस्था यस्तो छ दिन प्रतिदिन अवस्था नाजुक हुदै गइरहेको छ । यस्तो अवस्थामा राष्ट्रमा केहि गर्छु भन्छ भने त्यो मान्छे साहसयुक्त र महान् वक्ती हो । देशको सार्वभौमिकता र अखण्डता रक्षा गर्नु तथा राज्यको संविधान, ऐन, कानुन मान्दै दायित्व र अधिकारको सन्तुलन कायम गर्नु प्रत्येक नागरिकको कर्तव्य पनि हो।’
उनको यो धारणा प्रति केही समय सम्म म पनि सहमत भए जस्तो लाग्यो तर जति यी गहकिला शब्दहरु थिए, व्यावहारिक ढङ्गले यी कुराहरु सम्भब छ जस्तो चाहिँ मलाई लागेन किनभने खुकुरीको धार अचानोलाई मात्र थाहा हुन्छ। त्यो भन्दै गर्दा उनको यो भनाइ पनि नराम्रो पनि होइन, आखिरि धारणा त हो । समयले पाइला चाल्दै थियो, त्यो संगै पानी झन आकाश गड्याङग गुडुङ्ग गरी बेसरी पर्न थल्यो, त्यहि क्रममा ती सामग्री बेच्ने पात्र सँग कुराकानी हुन पुग्यो ।
उहाँको नाम जीवन खती रहेछ । डेनमार्क गएर करिब ८ बर्ष बस्नु भएको रहेछ। परदेशको जागिर आफुले सोचेको जस्तो कहाँ हुन्छ र । दुःख सुखको समयलाई सहन गरि अन्त्यमा करिब १ लाख ५० हजार रकम बोकि नेपाल फर्किनु भएको रहेछ । त्यही कमाएको रकमबाट एउटा व्यापार सुरु गर्ने आट गर्नु भएछ । व्यापार एउटा सानो पुस्तक उद्योग खोली संन्चालन गर्ने निर्णय गरी नेपाल फर्किनु भएको रहेछ । उहाँले भन्नू भयो ‘आज भोलि व्यापार निकै फस्टाउदै गएको रहेछ । राष्ट्रको आर्थिक अवस्था यस्तो हुँदा हुँदै पनि व्यापारमा उकालो लाग्नु भन्नू भनेको निकैनै सकारात्मक पक्ष हो ।’
उहाँले, बैंकबाट करिब रु १० लाख ऋण लिनु भएको रहेछ । उहाँ फेरि भन्नु हुन्छ ‘मैले दिनभर तीन वटा ठाउँमा काम गर्दा पनि एक छाक तार्न धोउ धोउ परेको थियो तर आज आफ्नै देशमा लगानी गर्दा बखत आज मैले गर्दा ३ जनालाई रोजगार दिन सकेको छु जसबाट तीन परिवार पाल्न सफल भएको छ ।’ उहाँको अर्को पनि योजना रहेछ । एउटा सानो बिद्यालय संचालन गर्ने । उहाँले आफ्नो एक जना शिक्षकको बारेमा पनि भन्नू भयो उहाँको आफ्नै कहानी छ । यो विषयमा पछी कुरा गर्दा ठिक होला । यो कुराले उहाँ आफै गर्व महसूस गर्नु हुन्छ ।
घरको खाना परिवार आफन्तको साथ गफसफ गर्न साथी भाई र आमदामीको लागि एउटा कुनै स्रोत भयो भने स्वर्ग सरह हो भन्ने मानसिकता राख्नु हुदो रहेछ । हरेक मानिसका इच्छा हुन्छन्, रोजाइ हुन्छन् । इच्छा र रोजाइलाई स्वयंले गहिरिएर हेर्ने, शुद्धीकरण गर्ने, मूल्यवान र अर्थपूर्ण बनाउने हो भने शरीर, मन र आत्मा संयोजनमा संयुक्त शक्ति लिएर पूर्ति गर्न लागि पर्छ । एउटा साधारण व्यक्तिले यहाँ सम्मुको प्रगति गर्न हो आफैमा एउटा ठूलो कुरा हो ।
हार जीत भनेको जीवनको एउटा चक्र हो जुन आत्माले शरीर नछाड्ने अबधि सम्म चली रहने गर्छ। त्यसदिन ती पात्रको भनाइले मन नै प्रसन्न भयो । आखिरी देशमा गर्न सके सबै काम गर्न सकिने रहेछ । हामी सबैमा देशभक्तिको भावना हुनुपर्छ । गर्नेलाई अबसर नै अबसर रहेको छ , त्यसैले भिसा पाउनु अवसर होइन चुनैती हो ।
शुभम रेग्मी
विद्यार्थी
राधे राधे भक्तपुर