हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका कार्यालयले कर्मचारीको निधनमा मङ्गलबार अत्यावश्यक बाहेक सबै सेवा बन्द गरी शोक बिदा दिएको छ । गाउँपालिकाको कार्यालयमा नगर प्रहरी जवान पदमा कार्यरत रहेका कर्मचारी भीमसेन बजगाईँको भएकोले शोक बिदा दिने निर्णय गरेको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठद्वारा जारी शोक बिदासम्बन्धी सूचनामा बजगाईँको असायमिक निधनप्रति दुःख व्यक्त गर्दै शोकाकुल परिवारजन हरुमा समवेदना प्रकट गर्दै अत्यावश्यक सेवा बाहेक बकैया गाउँपालिका साथै गाउँपालिकाअन्तर्गतका सम्पूर्ण वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक विद्यालयहरुमा सम्पूर्ण सेवा बन्द हुने गरी मङ्गलबार शोक बिदा दिने निर्णय गरेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले जनाएका छन ।
धरान–चतरा–हेटौँडा सडकको बकैया गाउँपालिका वडा नं. ५ स्थित तीनतले सडक खण्डमा गत शुक्रबार हेटौँडाबाट फापरबारीतर्फ जाँदै गरेको बा२ख ६९४३ नं. बसले विपरीत दिशाबाट आइरहेको प्रदेश २–०३–०२१ प ६६१४ नं. को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक बकैया ५ को भडौराका ३५ वर्षीय बजगाईँ घाइते भएका थिए । घाईतेको उपचार भइरहेको थियो। भने आइतबार राति उपचारको क्रममा मृत्युभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।