टी–२० विश्वकप खेल्न टोली घोषणा गर्‍यो भारतले, सन्जुसहित यी खेलाडीले पाए माैका

Image

काठमाडौँ । भारतले आगामी टी-२० विश्वकपको टिम घोषणा गरेको छ । आगामी जुन १ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपका लागि भारतले आफ्नो १५ सदस्यीय टिमको घोषणा गरेको हो ।

मंगलबार रोहित शर्माको कप्तानीमा १५ सदस्यीय भारतको टोली घोषणा भएको हो । सन् २०२४ मा हुने आइसिसी पुरुष टी–२० विश्वकपका लागि भारतले टोलीमा सन्जु सामसन समावेश गरिएको छ ।

आगामी टी-२० विश्वकपमा भारत समुह ए मा रहेको छ । समुह ए मा भारतसहित पाकिस्तान, आयरल्याण्ड, क्यानडा र अमेरिका रहेका छन् । विश्वकपमा भारतले पहिलो खेल जुन ५ मा आयरल्याण्डसँग खेल्ने तालिका रहेको छ ।

टी-२० विश्वकप खेल्ने भारतीय टोलीमा रोहित शर्मा (कप्तान), हार्दिक पाण्ड्या (उपकप्तान), यशस्वी जैसवाल, विराट कोहली, सूर्यकुमार यादव, ऋषभ पन्त (विकेट), सञ्जु सैमसन (विकेट), शिवम दुबे, रविन्द्र जडेजा, अक्षर पटेल, कुलदीप यादव, युजवेन्द्र चहल, अर्शदीप सिंह, जसप्रित बुमराह र मोहम्मद सिराज रहेका छन् । त्यस्तै रिजर्भ खेलाडीमा शुभमन गिल, रिंकु सिंह, खलील अहमद र आवेश खानलाई राखिएको छ ।

भारतको टोली

यो पनि : टी–२० विश्वकपका लागि नेपालसँग खेल्ने दक्षिण अफ्रिकाको टिम घोषणा, क-कसले पाए माैका ?

यो पनि : टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा, यी खेलाडीले पाए माैका

यो पनि : टी-२० विश्वकप खेल्ने इङल्याण्डको टिमको घोषणा, को-को परे ?