टी-२० विश्वकप खेल्ने इङल्याण्डको टिमको घोषणा, टोलीमा आर्चर र जोर्डनसहित समेटिए

Image

काठमाडौँ । सन् २०२२ को टी-२० विश्वकप च्याम्पियन इंग्ल्यान्डले आइसिसी पुरुष टी-२० विश्वकप २०२४ का लागि आफ्नो टोली घोषणा गरेको छ।

जुन १ देखि वेस्ट इन्डिज र अमेरिका हुने विश्वकपका लागि इंग्लिस टोलीमा तीव्र गतिका बलर जोफ्रा आर्चर र अलराउन्डर क्रिस जोर्डन पनि समेटिएका छन्।

आर्चरले एक वर्षमा पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेटमा पुनरागमन गरेका हुन्। टिमका लागि उनको अन्तिम उपस्थिति मे २०२३ मा थियो। त्यसबेलादेखि उनी लगभग १२ महिनापछि कुहिनोको चोटबाट निको हुँदैछन्।

एक वर्षदेखि इंग्लिस टिमबाट बाहिरिएका अलराउन्डर जोर्डन पनि विश्वकप टिममा छन्। जोस बटलरले डिफेन्डिङ च्याम्पियनको नेतृत्व गर्नेछन्। विल ज्याक्स, फिल साल्ट र जोनी बेयरस्टो शीर्ष ब्याटिङमा इंग्ल्यान्डका लागि खेल्नेछन्।

बेन डकेट र मोइन अली अलराउन्डरको रुपमा छन्। ह्यारी ब्रुक, लियाम लिभिङस्टोन र साम कुरानले तल्लो क्रममा रहनेछन्। टम हार्टसँगै आदिल रसिदले स्पिन आक्रमणको नेतृत्व गर्नेछन्।

इंग्ल्यान्ड समूह ‘बी’ मा छ। समूहमा इंग्ल्यान्डसँगै अस्ट्रेलिया, नामिबिया, स्कटल्यान्ड र ओमान छन्। इंग्ल्यान्डले पहिलो खेल स्कटल्यान्डसँग बार्बाडोसमा खेल्नेछ।

इंग्ल्यान्डको टोली: जोस बटलर (कप्तान), मोइन अली, जोफ्रा आर्चर, जोनाथन बेयरस्टो, ह्यारी ब्रुक, साम कुरान, बेन डकेट, टम हार्टले, विल ज्याक्स, क्रिस जोर्डन, लियाम लिभिङस्टोन, आदिल राशिद, फिल साल्ट, रिस टोपले, मार्क वुड।

यो पनि : टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा, यी खेलाडीले पाए माैका

यो पनि : टी–२० विश्वकपका लागि नेपालसँग खेल्ने दक्षिण अफ्रिकाको टिम घोषणा, क-कसले पाए माैका ?

यो पनि : टी–२० विश्वकप खेल्न टोली घोषणा गर्‍यो भारतले, सन्जुसहित यी खेलाडीले पाए माैका