बैतडी । बैतडीको पाटन नगरस्तरिय कक्षा ८ को परिक्षाफल प्रकाशित गरिएको छ । पाटन नगरपालिकाले सञ्चालन गरेको आधारभूत तह कक्षा ८ को बोर्ड परीक्षामा सरकारी विद्यालयको नतिजा एकदमै निरासाजनक आएको छ ।
३५ विद्यालयमा ७ विद्यालय शुन्य नतिजा आएको छ भने ९ बिद्यालयका १/१ बिद्यार्थी मात्र पास भएका छन् । होमसेन्टर हटाएर परिक्षा गरेको नगरपालिकामा जम्मा २१ प्रतिशत बिद्यालय पास भएका छन् । ६ सय ५२ बिद्यार्थीले परिक्षा दिएका थिए जसमा १ सय ३७ मात्र पास छन ।
शुन्य नतिजा आउनेमा विद्यालयहरु :
शुन्य नतिजा आउनेमा विद्यालयहरुमा सिद्धेश्वर मा.वि मेल्चोरा, सरस्वती आधारभुत बिद्यालय गुथडी पाटन १, डाडाँबाघ आधारभुत बिद्यालय हिरापुर, भगवती आधारभुत बिद्यालय पाटन ६ सुकेली, भुवनेश्वर मा.वि पाटन ७ भागैती, सिद्धदिप आधारभुत बिद्यालय पाटन ८ खोड्पे, ब्रह आधारभुत बिद्यालय पाटन १० हतास रहेका छन् ।
एक मात्र बिद्यार्थी पास भएका विद्यालयहरु :
यस्तै एक मात्र बिद्यार्थी पास भएका बिद्यालयहरुमा भुमिराज आधारभुत बिद्यालय पाटन १ बाटुलासौ, कैलाश आधारभुत बिद्यालय पाटन १ डैसिली, कालिका आधारभुत बिद्यालय पाटन १ पलेडा, बालकल्याण आधारभुत बिद्यालय बोहरीगाउँ पाटन ३, नवदुर्गा आधारभुत बिद्यालय पाटन ४ कुडी, उदयदेव मा.वि पाटन ७ किम्तोली, जयपुर आधारभुत बिद्यालय पाटन ७ उपल्लाबाटुला, निरपालेश्वर मा.वि पाटन १० डैसीली, सस्वती मा.वि पाटन १० सल्लेवासा रहेका छन् ।
पाटन नगरपालिका शिक्षा शाखाले प्रकाशित सूचनामा दुई बिषयमा एनजी आउने बिद्यार्थीलाई मौका परिक्षा दिन पाउने छन् । उत्त बिद्यार्थीहरुले बैशाख १० गते दिनुपर्ने छ ।
हेर्नुहोस् नतिजा