जनताको माया–सहयोगको कदर गर्दै अध्यक्ष सिग्देलद्वारा धन्यवाद व्यक्त

Image

हेटौंडा/ हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष नविन सिग्देलले आफ्नो जन्मदिनको अवसरमा विभिन्न माध्यमबाट शुभकामना व्यक्त गर्ने सबैप्रति हार्दिक आभार प्रकट गरेका छन्।

अध्यक्ष सिग्देलले सामाजिक सञ्जालमार्फत संदेश जारी गर्दै भने,
“आज मेरो जन्मदिनको अवसरमा विभिन्न माध्यमद्वारा शुभकामना दिनुहुने सम्पूर्ण आफन्त र मित्रजनहरूलाई हृदयदेखि नै नमन गर्दै हार्दिक धन्यवाद ज्ञापन गर्दछु।”

उनका अनुसार शुभकामनाले आफूलाई झनै प्रेरित बनाएको र समुदायप्रति सेवाभावका साथ अघि बढ्ने ऊर्जा थपेको बताए। वडा अध्यक्ष सिग्देलले नागरिक तथा शुभेच्छुकहरूबाट प्राप्त माया र भरोसाका लागि विशेष धन्यवाद व्यक्त गर्दै भविष्यमा अझ जिम्मेवारीपूर्वक काम गर्ने प्रतिबद्धता पनि जनाए।