Khabar Board

गठबन्धन जोगाउनमात्रै एमसीसी टेबल गरेको हो : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदमा एमसीसी टेबल गर्दैमा पास हुन्छ भन्ने भ्रममा नपर्न नेता कार्यकर्ताहरूलाई आग्रह गरेका छन् । बुधबारबाट काठमाडौमा सुरु भएको माओवादी केन्द्र वागमती प्रदेश कमिटीको दोस्रो पुर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले गठबन्धन जोगाउन एमसीसी टेबल गर्नुपरेको बताएका थिए । तर उनले टेबल हुँदैमा पास गर्यो भनेर भ्रममा नपर्न नेता कार्यकर्ताहरूलाई आश्वस्त पार्न खोजेका थिए ।

‘एमसीसी टेबल हुँदैमा पास गर्यो भनेर भ्रममा नपर्नुस्, गठबन्धन नै टुट्लाजस्तो भएपछि टेबल गर्न सहमति दिएको मात्रै हो’, प्रचण्डको भनाइ थियो । उनले टेबल गर्दैमा केही नबिग्रिने पनि बताए । ‘टेबल गर्दैमा केही बिग्रिदैन । यदि टेबल नगरेको भए सत्ता पक्षबाटै सभामुखकै विरुद्धमा पनि षड्यन्त्र हुनसक्ने बुझेर त्यसो गरिएको हो’, प्रचण्डको भनाइ उधृत गर्दै एक प्रदेश सदस्यले रातोपाटीलाई भने ।

बिहीबारसम्म चल्ने बैठकले प्रदेशका ३१ विभाग, जिल्ला समन्वय समिति, क्षेत्रीय निर्वाचन समिति गठन र चुनावी कार्यक्रम तय गर्नेछ ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.