काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरुबीचको छलफल सकिएको छ ।
बिहीबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा संसदमा एमालेले जारी राखेको अवरोध खुलाउने र अमेरिकी सहयोग परियेजना एमसीसी पारित गर्ने विषयमा छलफल भएको कांग्रेस नेता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।
छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी अनुमोदन गर्न एमालेको साथ मागेका थिए । तर एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले जे मुद्दा उठाएर संसद अवरोध गरेको छ, त्यो विषय संबोधन नभएकाले संसदीय प्रक्रियामा सहभागी हुन नसक्ने बताएका मन्त्री कार्कीले बताए ।
यद्यपि संसदलाई प्रभावकारी बनाउने विषयमा निरन्तर छलफल गर्ने सहमति भएको उनले बताए । बैठकमा सहभागी स्रोतका अनुसार एमाले र कांग्रेसबीचको छलफल सकारात्मक छ ।