सुदूरपश्चिम लोकसेवा आयोगले बनायो कार्यतालिका, चैैतमा विज्ञापन खुल्ने (तालिकासहित)

Image

धनगढी । प्रदेश लोकसेवा आयोग सुदूरपश्चिमले वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ। आयोग गठन भएको एक वर्षपछि वार्षिक कार्यतालिका बनाएर सार्वजनिक गरिएको हो। चैत दोस्रो सातामा पहिलो विज्ञापन खोल्ने गरी कार्यतालिका तयार पारिएको आयोगका सचिव दुर्गादत्त बिष्ट बताए ।

वन सेवा, जनरल फरेष्टी, वन रक्षक र तह विहीन समूहतर्फ फागुनमा माग आकृति फाराम प्राप्त गर्ने, फागुनमै प्रतिशत निर्धारण गर्ने र चैतको दोस्रो बुधबार विज्ञापन खोल्ने तालिका तयार भएको बिष्टले बताए।

यस्तै विभिन्न सेवाका सहायकस्तर पाँचौ तहका प्राविधिक पदहरुका लागि फागुनमा माग आकृति फाराम प्राप्त गर्ने, चैतमै प्रतिशत निर्धारण गर्ने र बैशाख दोस्रो बुधबार विज्ञापन खोल्ने सार्वजनिक कार्यतालिकामा उल्लेख छ।

सहायकस्तर पाँचौ तहका प्राविधिक पदहरुतर्फ चैतमा माग आकृति फाराम प्राप्त गर्ने, बैशाखमा प्रतिशत निर्धारण गर्ने र जेठ दोस्रो बुधबार विज्ञापन खोल्ने कार्यतालिका तयार भएको लोकसेवा आयोगका सचिव बिष्टले दिनेशखबरलाई जानकारी दिए। उक्त कार्यतालिका आजदेखि नै लागू भएको छ।