Khabar Board
Flash logo up side
flash header

ओली आएपछि त सिध्याइदिन्छन् : माधव नेपाल

Nirbachan m

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई सिध्याउन खोजेको तर आफूहरुले बचाएको बताएका छन् ।

एमसीसीलाई सैन्य रणनीतिको अंग बनाउने कागजमा ओली नेतृत्वको सरकारका मन्त्री प्रदीप ज्ञवालीले हस्ताक्षर गरेको र विमस्टेक संयुक्त सैन्य अभ्यासमा नेपाली सेना पनि सहभागी गराउने भनेर ओलीले तयारी गरेको भन्दै आफूहरुको विरोधका कारण त्यो रोकिएको उनले बताए।

पार्टी निकट प्रगतिशिल प्राध्यापक संगठनको कार्यक्रमलाई आज काठमाडौंमा सम्बोधन गर्दै नेपालले भने, ‘केपी ओलीले सिध्याइसकेका थिए नेपाललाई । …केपी आएपछि त सिध्याइदिन्छन् ।’

Center article

एमसीसीको सवालमा यथास्थितिमा पास गर्न नसक्ने आफूहरुको स्पष्ट धारणा रहेको उनले बताए । ‘एमसीसीको सन्दर्भमा हाम्रो कुरा के हो भने त्यो विशुद्ध आर्थिक सहयोगको परियोजना हुनुपर्दछ । यो अनुदान रकमको रुपमा हुनुपर्दछ, वैदेशिक लगानीको रुपमा होइन,’ उनले भने।

पूर्वप्रधानमन्त्री नेपालले अगाडि भने, ‘त्यसमा आईपीएसको हिस्सा बनाउने कुनै कुरा स्वीकार्य हुँदैन । नेपाल कुनै पनि ब्लकमा, सैनिक रणनीतिमा वा सुरक्षा रणनीतिको अंग हुन सक्दैन ।’

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.