माओवादीले तोक्यो प्रदेश इन्चार्ज (सूचीसहित)

Image

काठमाडौं।

नेकपा (माओवादी केन्द्र)ले प्रदेश इन्चार्जको जिम्मेवारी तोकेको छ । केन्द्रीय कमिटी बैठकले प्रदेश इन्चार्जको टुंगो लगाएको हो। जसअनुसार प्रदेश १ को इन्चार्जको जिम्मेवारी सुरेन्द्र कार्कीलाई दिइएको छ ।

यस्तै मधेस प्रदेशको इन्चार्ज गणेश शाह, वाग्मतीमा हितमान शाक्य, गण्डकीमा हितराज पाण्डे तोकिएका छन् । लुम्बिनी इन्चार्जमा चक्रपाणि खनाल, कर्णालीमा कालीबहादुर मल्ल र सुदूरपश्चिममा खगराज भट्टलाई तोकिएको छ ।

सम्पर्क समन्वय प्रदेशमा डिलाराम आचार्य र उपत्यका विशेष समन्वय प्रदेशमा लिलामणि पोखरेल चयन भएका छन् ।

बैठकपछि नेता जनार्दन शर्माले एमसीसीमा उठेका प्रश्नहरु जेठ २० सम्म स्थगित गरेको, प्रदेश इन्चार्जहरु तोकेको र स्थानीय निर्वाचनका पार्टी नीति तय गरेर बैठक समापन भएको जानकारी दिए ।