चन्द्रागिरिमा बिरालोलाई थापेको पासोमा चितुवा परेपछि …

Image

काठमाडौं

चन्द्रागिरि नगरपालिका-१ दहचोक थापागाउँमा चितुवा फेला परेको छ। स्थानीय दलबहादुर बुढाले भाडामा लिई सञ्चालन गरेको कुखुराको खोरमा मंगलबार राति सवा १२ बजे चितुवा फेला परेको हो।

बिरालोलाई थापेको पासोमा चितुवा आएर पसेको र अगाडिको दाहिने खुट्टा अड्केको अवस्थामा चितुवा फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।

चितुवा पासोमा परेपछि महानगरीय प्रहरी प्रभाग बलम्बुबाट प्रहरी गएका थिए। चितुवाको उद्धारका लागि वन कार्यालयलाई जानकारी गराइएको परिसर प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बताए। कुखुरा मारेर बिरालोले दु:ख दिएपछि बुढाले खोरमा पासो थापेको बुझिएको छ।