Khabar Board
Flash logo up side
flash header

प्रतिनिधिसभा बैठक : सम्भावित कार्यसूची सार्वजनिक

Nirbachan m

काठमाडौं ।

प्रतिनिधिसभाको बैठक भोलि (आइतबार) बस्दै छ । दशौँ अधिवेशनको ११औँ बैठक बस्न लागेको हो । बैठक दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्नेछ ।

संसद् सचिवालयले भोलिको बैठकका सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । भोलिको बैठकमा सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले ‘सार्वजनिक लेखा समितिको एक्काइसौँ वार्षिक प्रतिवेदन, २०७८’ पेस गर्ने सम्भावित कार्यसूची छ ।

Center article

यस्तै, सभामुख अग्निप्रसाद सापकोटाले नेपालको संविधानको धारा १०१ को उपधारा (२) एवं प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १६१ को उपनियम (१) बमोजिम देवप्रसाद गुरुङ, पुष्पा भुसाल (गौतम) र जीवनराम श्रेष्ठ प्रस्तावक र ९५ जना सांसद समर्थक भई प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता गराएको महाअभियोगको प्रस्तावमाथि छलफल हुने दिन र समय निर्धारण गर्ने सम्भावित कार्यसूची छ ।

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले लामो समयदेखि संसद् बैठक अवरुद्ध गर्दै आएको छ । पार्टीले कारबाही गरेका १४ सांसदको सूचना टाँस गर्नुपर्ने एमालेको माग छ । अन्यथा, सभामुखले मार्गप्रशस्त गर्नुपर्ने अडान छ । सभामुखले भने अवरोधकै बीच बैठकका काम-कारबाही अघि बढाउँदै आएका छन्।

 

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.