Khabar Board
Flash logo up side
flash header

आजदेखि सुरु गर्दै कांग्रेसको एक महिने चुनावी अभियान

Nirbachan m

काठमाडौं

नेपाली कांग्रेसले आजदेखि एक महिने चुनावी अभियान सुरु गर्दै छ। स्थानीय तह निर्वाचनलाई लक्षित गरेर कांग्रेसले एक महिने अभियान सुरु गर्न लागेको कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए।

अभियानको लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि परिचालन गरिसकिएको महतको भनाइ छ। चैत २९ गतेसम्म चल्ने अभियानमा नागरिकलाई पार्टीका एजेन्डाबारे जानकारी दिने र जनस्तरबाट आएका सुझाव सङ्कलन गर्ने कांग्रेसले जनाएको छ। स्थानीय तहको निर्वाचनको लागि माहोल बनाउनेलगायत आठ वटा मुद्दामा अभियान केन्द्रित हुने छ।

Center article

पार्टीका नेता–कार्यकर्ताहरुलाई जिम्मेवारी बाँडफाँट, एमसीसी सम्झौता पारित गरेको बारेमा यथार्थ कुरा नागरिकलाई जानकारी गराउने, कांग्रेसको नेतृत्वमा विगतमा हासिल राजनीतिक र आर्थिक उपलब्धि जनसमक्ष विस्तारित रूपमा राख्ने र नेकपा सरकारको गएको तीन वर्षे कार्यकालमा भएका जनविरोधी गतिविधि, असंवैधानिक कदम र भ्रष्टाचार प्रकरण नागरिक समक्ष राख्ने प्रवक्ता महतले जानकारी दिए।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.