काठमाडौं ।
प्रतिनिधिसभाको अर्को बैठक चैत २ गते बुधवार बस्ने भएको छ ।
एमालेको अवरोधबिच आइतबार सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले ‘सार्वजनिक लेखा समितिको २१औँ वार्षिक प्रतिवेदन,२०७८’ पेस गरेका थिए।
यस्तै, प्रधानन्यायाधीश चोलेन्द्र शमशेरविरुद्धको महाअभियोग प्रस्ताव पनि आजको संसद्मा पेस भएको छ।
उक्त प्रस्तावमाथिको छलफल बुधवार दिउँसो १ बजे बस्ने बैठकमा छलफल हुने सभामुख अग्निप्रसाद सापकोटाले जनाएका छन् ।