Khabar Board
Flash logo up side
flash header

धनगढी पुगेर प्रचण्डले भने- अर्ली इलेक्सनकाे सम्भावना छैन

Nirbachan m

धनगढी।

सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्ली इलेक्सनकाे सम्भावना नरहेकाे बताएका छन्।

एमालेकाे अवराेधका कारण ६ महिनादेखि संसद सहजरुपमा चल्न नसकेका बेला सत्तारुढ गठबन्धनभित्र स्थानीय तहकाे चुनावअघि अर्ली इलेक्सनबारे छलफल भइरहेका विवरण सार्वजनिक भइरहेका बेला पूर्वप्रधानमन्त्री प्रचण्डले अब नियमित चुनाव मात्र हुने बताए।

साेमबार बिहान धनगढी विमानस्थलमा आयाेजित पत्रकार सम्मेलनमा प्रचण्डले भने-एमालेले दुई पटक संसद विघटन गर्‍याे । अहिले संसद चल्न दिएकाे छैन । अर्ली इलेक्सनबारे भ्रम फैलाइएकाे छ। त्याे सत्य हाेइन।’३० वैशाखमा स्थानीय तहकाे चुनाव घाेषणा भइसकेकाे र अब साेही अनुसार प्रक्रिया अगाडि बढ्ने प्रचण्डले बताए ।

सुदूरपश्चिम सरकारमा कांग्रेसकाे इन्ट्री हुने

Center article

सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेसकाे इन्ट्री हुने भएकाे छ। तत्कालीन नेकपा विभाजनपछि सुदूरपश्चिम सरकारमा मन्त्री हेरफेर भए पनि माओवादी केन्द्रले नेतृत्व गरिरहेकाे छ । तर, बहुमत मन्त्री एकीकृत समाजवादीका छन्।

माओवादी अध्यक्ष प्रचण्डले कांग्रेसलाई सुदूरपश्चिम सरकारमा भित्र्याउनेबारे छलफल भइरहेकाे बताए । ‘चुनाव आएकाे छ, कांग्रेसले पनि सरकारमा जान चाहेकाे छ,’ प्रचण्डले भने, ‘एकीकृत समाजवादीका केही मन्त्रीलाइ फिर्ता बाेलाएर कांग्रेस भित्र्याउने सहमति भएकाे छ ।’ यसबारे समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग पनि छलफल भएकाे उनले बताए।

हाल सुदूरपश्चिम सरकारलाई कांग्रेसकाे समर्थन रहे पनि सरकारमा छैन । ११ सदस्यीय मन्त्रिपरिषद्‍मा सात समाजवादी र चार माओवादीका मन्त्री छन्।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.