डडेल्धुरा ।
डडेल्धुरामा आयोजना हुने खुला भलिबल प्रतियोगिताप्रति नेकपा एमाले निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले आपत्ति जनाएको छ। डडेल्धुरा बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)ले आयोजना गर्न लागेको भलिबल प्रतियोगिताप्रति अनेरास्ववियुले एक विज्ञप्ति जारी गर्दै आपत्ति जनाएको हो।
स्ववियुले बुधबार आयोजना गरेको पत्रकार सम्मेलन गरी खुल्ला पुरुष र क्याम्पसको आन्तरिक महिला भलिबल प्रतियोगिता हुनेबारे जानकारी गराएका थियो। बुधबार साँझ अनेरास्ववियु डडेल्धुराले प्रतियोगिता आयोजनाप्रति ध्यानाकर्षण भएको जनाएको छ।
विद्यार्थीभित्र हरेको प्रतिभालाई प्रर्दशन गर्न यस्ता रचनात्मक क्रियाकलापलाई अनेरास्ववियु सधै स्वागत गर्दछ। तर समाजिक विकास मन्त्रालयबाट बिनियोजित रकम दश लाखको क्याम्पस र क्याम्पसभित्र अध्यानरत छात्रका लागि कुनै प्रतिफल नभएको आयोजनाप्रति अनेरास्ववियु डडेल्धुरा घोर विरोध गर्दछ,’ विज्ञप्तिमा भनिएको छ। यसका साथै अनेरास्ववियुले डडेल्धुरा बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको वैधानिकतामाथि पनि प्रश्न उठाएको छ।
‘त्रिभुवन विश्वविद्यालय अन्तरगत रहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) जसको कार्यकाल २ वर्षको हुन्छ। २०७३ फागुनमा भएको स्ववियु २०७५ फागुनसम्म रहने गरी निर्वाचन भएको थियो। कार्यकाल समाप्त भएपछि त्रिविले ६ महिना पहिलोपटक र ६ महिना दोस्रो पटक गरी दुईपटक म्याद थप गरिएको छ। त्यसपछि त्रिविले (स्ववियु) लाई कुनै अख्तियारी दिएको जानकारीमा आएको छैन। कुनै अख्तियारी नभएको स्ववियुले एकलौटी मनोमानी तरिकाले कुनै प्रक्रिया नपुगाई गर्न खोजिएको सरकारी रकमको दुरुपयोगप्रति अनेरास्ववियु डडेल्धुरा घोर भत्सना गर्दछ,’ जिल्ला अध्यक्ष पुस्करबहादुर देउवाद्वारा हस्ताक्षतिर विज्ञप्तिमा उल्लेख छ।
यदि सो बजेटले गरिने कार्यक्रम विद्यार्थीमुखी र क्याम्पसको विकासका लागि सवै विद्यार्थी संगठनहरूबीच समन्वय र छलफल नगरी कार्यक्रमको विषयमा पस्तावना तय गरिएन भने अनेरास्व्वियु डडेल्धुराले अरु प्रक्रिया अपनाई अगाडि बढ्ने अध्यक्ष देउवाले चेतावनी दिएका छन्।
स्वतन्त्र विद्यार्थी युनियन डडेल्धुरा बहुमुखी क्याम्पसले प्रतियोगिता असोज ६ गतेदेखि ९ गतेसम्म संचालन गर्दैछ। प्रतियोगिताको पुरुष तर्फको विजेता टिमलाई एक लाख ५१ हजार, उपविजेतालाई ७५ हजार र तेस्रो हुने टिमलाई ४० हजार नगदसहित ट्रफी र मेडर प्रदान गरिने स्ववियुले जनाएको छ।
प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई नगद १० हजार र विधागततर्फ उत्कृष्ट ६ जनालाई पनि नगदसहित पुरस्कृत गरिने छ। प्रतियोगिता नकआउटका आधारमा सञ्चालन हुने बताइएको छ। यस्तै महिलातर्फ भने डडेल्धुरा बहुमुखी क्याम्पसको आन्तरिक प्रतियोगिता मात्रै हुने स्ववियूले जनाएको छ। महिलातर्फ विजेता टिमलाई १० हजार, दोस्रो हुने टिमलाई ५ हजार र तेस्रोलाई तीन हजार नगद प्रदान गरिने आयोजकले जनाएको छ।
अनेरास्ववियुको विज्ञप्ति :

















