Khabar Board

बैतडीको पाटन नगरपालिकाले ‘हेल्प डेस्क’ सञ्चालन गर्ने

बैतडी ।

बैतडीको पाटन नगरपालिकाले नगरपालिभित्रै नागरिक सहायता कक्षा अर्थात हेल्प डेस्क सञ्चालन गर्ने भएको छ । नवनिर्वाचित मेयर गौरीसिंह रावल र उपमेयर कमलसिंह बोहराको उपस्थितीमा बसेका कर्मचारी सहितको बैठकले हेल्प डेस्क सञ्चालन गर्ने निर्णय गरेको हो ।

सेवा लिनका लागि नगरपालिकामा पुगेका नागरिकलाई अलमल नहोस भनेर हेल्प डेस्क स्थापना गर्ने निर्णय भएको पाटन नगरपालिकाका उपप्रमुख कमलसिंह बोहराले बताए ।

समाजिक बिकास कार्यालय बैतडी

हेल्प डेस्कमा दुईजना कर्मचारी खटाएर व्यवस्थित गरिने उपप्रमुख बोहराले बताए । नगरपालिकामा पुगेका नागरिकले सहज तरीकाले सेवा पाउन भन्ने उद्देश्य रहेको समेत उनले बताए । यस्तै सुशासन कायम गर्नका लागि सबैले सजग हुनुपर्नेमा जोड दिइएको उनले बताए ।

sticker after add
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.