पाटनले थाल्याे बजार अनुगमन : ४५ हजारको अखाद्य सामग्री नष्ट

Image
Oplus_131072

बैतडी : बैतडीको पाटन नगरपालिकाले बजार अनुगमन थालेको छ। अनुगमन अन्तर्गत आज पाटन बजार क्षेत्रमा अनुगमन गरिएको नगर उपप्रमुख एवं बजार अनुगमन समितिका संयोजक कमलसिंह बोहराले जानकारी दिनुभयाे।

अनुगमनका क्रममा बजार क्षेत्रबाट ४५ हजार ३० रुपैयाँ बराबरको अखाद्य सामग्री बरामद गरि नष्ट गरिएको छ । नगर उपप्रमुख एवं बजार अनुगमन समितिका संयोजक बोहराको नेतृत्वमा रहेको अनुगमन समितिले विभिन्न पसलबाट अखाद्य सामग्री बरामद गरेको थियो । अनुगमनका क्रममा म्याद नाघेका अखाद्य सामग्री बरामद गरी नष्ट गरिएको हाे ।

अनुगमनका क्रममा चाउचाउ,बिस्कुट, नमकीन, चिप्स, मसला, चिउरा लगायतका म्याद नाघेका सामग्री बरामद गरी नष्ट गरिएको बताइएको छ । बजार अनुगमन गर्दा व्यापारीहरुलाई उपभोग्य मिति हेरेरमात्रै खरीद विक्रि गर्न आग्रह गरिएको बजार अनुगमन समितिले जनाएको छ ।

यस्तै बजार अनुगमनका क्रममा सम्बन्धित निकायमा दर्ता तथा नवीकरण नभएका पसलहरुलाई दर्ता तथा नवीकरण गर्न आग्रह गरिएको छ ।

बजारबाट कुनै पनि सामग्री खरीद गर्दा उत्पादन मिति र उपभोग्य मिति हेरेर मात्रै खरीद गर्न उपभोक्ताहरुलाई पनि आग्रह गरिएको छ ।   कालाेबजारी राेक्न अनुगमनलाई निरन्तरता दिइएको जनाएको छ।