Khabar Board
Flash logo up side
flash header

हेटौंडामा मास्क कालोबजारी गर्ने थप एकजना पक्राउ

Nirbachan m

हेटौंडा। जिल्ला प्रहरी कार्यालय मकवानपुरले मास्क कालोबजारी गर्ने थप एकजना पक्राउ गरेको छ ।

मंगलबार महँगोमा मास्क बेच्ने दुईजना पक्राउ गरेको थियो भने बुधबार पनि थप एकजना पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । व्यवसायीले महँगो मुल्यमा मास्क विक्री गरेको भन्ने विषयमा समाचार प्रकाशित भए सँगै स्थानीय प्रशासनले बजार अनुगमन गरेको थियो । हेटौंडा–१ सम्पुर्ण फार्मेसीका सञ्चालक ३२ वर्षीया सजिता पोख्रेललाई पक्राउ गरेको हो । प्रहरीले तोकिएको भन्दा बढी मुल्य लिएर मास्क विक्री गरेको अभियोगमा नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Center article

स्थानीय प्रशासनले मेडिकल मास्क ५ रुपैयाँ मात्र लिएर विक्री गर्न व्यवसायीलाई निर्देशन दिइसकेको छ । तर प्रशासनको निर्देशन लाई अटेर गरेपछि उनीहरुलाई पक्राउ गरिएको हो ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.