Khabar Board
Flash logo up side
flash header

कांग्रेस मकवानपुको नयाँ सभापति चयन नभएसम्म लामिछानेले सभापतिको भूमिका निर्वाह गर्ने

Nirbachan m

हेटौंडा । नेपाली कांग्रेस मकवानपुरको बागडोर आज विहीबारबाट उपसभापति विष्णु लामिछानेले सम्हाल्ने भएका छन् ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट तत्कालिन मकवानपुर सभापति इन्द्रबहादुर बानियाँ वाग्मती प्रदेश सभापतिमा निर्वाचित भएसँगै जिल्लाको नेतृत्व लामिछानेको हातमा आइपुगेको हो । अघिल्लो हप्ता बानियाँको अध्यक्षतामा बसेको कांग्रेस मकवानपुरको वैठकले कार्यबाहक सभापतिको जिम्मेवारी लामिछानेलाई सुम्पिने निर्णय गरेको थियो । सोही निर्णयअनुरुप आज १ बजे कांग्रेस पार्टी कार्यालयमा लामिछानेलाई कार्यबाहक सभापतिको जिम्मेदारी का रुपमा पदास्थापित गरिने भएको छ ।

Center article

कांग्रेस मकवानपुको नयाँ सभापति चयन नभएसम्म का लागि लामिछानेले सभापतिको भूमिका निर्वाह गर्ने भएका छन। भने अहिले कांग्रेसको जिल्ला अधिवेशनको मिति तोकिएको छैन । यसअघि तोकिएको दुईवटै अधिवेशनको मिति अन्तिम समयमा स्थगित गरिएको थियो ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.