काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।
देशको सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका पहाडी भुभागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भुभागहरुमा आंशिक बदली रहेको छ।
प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भुभागका एक/दुई स्थानमा हल्का वर्षाको र सो प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।
मौसमविद्का अनुसार आज बिहीबार प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भुभागमा आंशिक देखि सामान्य बदली रहि बांकी भुभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भुभागका एक/दुई स्थानमा हल्का वर्षाको र सो प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
यसैगरी आज राती प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भु(भागमा आंशिक देखि सामान्य बदली रहि बांकी भुभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।
भोलि दिउँसो प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भुभागमा आंशिक देखि सामान्य बदली रहि बांकी भुभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भुभागका थोरै स्थानहरूमा हल्का वर्षाको र सो प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
त्यस्तै, शुक्रबार राति प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भु-भागमा आंशिक बदली रहि बांकी भुभागको मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ को पहाडी भु-भागका एकरदुई स्थानमा हल्का वर्षाको र सो प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।
शनिबार भने देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने मौसमविद्ले जनाएको छ।