Khabar Board
Flash logo up side
flash header

एमसीसीको विरोधमा हेटौंडामा राँके जुलुस

Nirbachan m

हेटौंडा । अमेरिकी सहयोग परियोजना (एमसिसी) सम्झौताविरुद्धमा बागमती प्रदेशको राजधानी हेटौंडामा राँके जुलुस निकालिएको छ । कम्युनिस्ट पार्टी र दुई मोचा सम्मिलित एमसिसी सम्झौताविरुद्धको संयुक्त मोर्चा मकवानपुरको आयोजनामा बुधबार साझँ हेटौंडामा राँके जुलुस निकालिएको हो ।

बिहीबारको प्रतिनिधि सभामा एमसीसीको बहस सुरु हुने भएपछि राँके जुलुस निकालिएको संयुक्त मोर्चा मकवानपुरले जनाएको छ । राँकोसंगै एमसिसी सम्झौताविरुद्धमा नाराबाजी गर्दै संयुक्त मोर्चाका करिव एक सय कार्यकताहरु हेटौंडाको मुख्य बजार क्षेत्रमा  उत्रिएका थिएँ भने राँके जुलुस सहित सडकमा उत्रिएका संयुक्त मोर्चाका कार्यकताहरुले हेटौंडाको सिमाचोकमा कोणसभा गर्दा केही समय सडक अवरुद्ध भएको थियो ।

Center article

नेत्रविक्रम चन्द नेतृत्वको नेकपा, नेकपा (मसाल) नेकपा ‘क्रान्तिकारी माओवादी’ नेपाल कम्युनिस्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेकपा ‘माओवादी केन्द्र समाजवादी, राष्ट्रिय जनमोर्चा लगायत देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले एमसिसीको विरोधमा संयुक्त रुपमा सडकमा उत्रिएका हुन ।र संयुक्त मोर्चा मकवानपुरले यसअघि हेटौंडामा एमसिसीविरुद्ध निरन्तर विरोध प्रर्दशन गर्दै आइरहेको थियो । साथै एमसीसी सम्झौता फिर्ता नभएसम्म संयुक्त मोर्चाको विरोधको कार्यक्रम निरन्तर रहने पनि जनाइएको छ ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.