धनगढी । कैलालीमा मोटरसाइकलको ठक्करबाट एक वृद्धा गम्भीर घाइते भएकी छिन्। प्रहरीका अनुसार जिल्लाको लम्कीचुहा नगरपालिका-८ की ७५ वर्षीया चम्फादेवी अवस्थी गम्भीर घाइते भएकी हुन्।
लम्कीचुहा-८ स्थित भित्रि सडकखण्डमा सुपप्र ०२०३००५ प ७४१४ नम्बरको मोटरसाइकलले सोही ठाउँकी पैदलयात्री अवस्थीलाई ठक्कर दिएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। उनलाई उपचारका लागि नेपालगञ्ज लगिएको बताइएको छ।
मोटरसाइकल चालक लम्कीचुहा-८ कै १७ वर्षीय नवीन ओलीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।