काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले चौथो वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको संचालक समितिको बैठकले गरेको निर्णयानुसार उक्त सभा चैत ६ गते र्याडिसन होटलमा बिहान ११ बजे सुरु हुनेछ ।
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ । कम्पनीले लाभांश भने प्रस्ताव गरेको छैन ।
यस्तै, लेखापरीक्षण प्रतिवेदनसहित वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायत वित्तीय विवरणहरु स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखा परिक्षण गर्न लेखा परिक्षक नियुक्ती गर्ने र निजको पारिश्रमित तोक्ने सम्बन्धमा छलफल गर्ने छ ।
सभामा भाग लिनका लागि प्रतिनिधि नियुक्त गर्न चाहने सेयरधनीले आगामी चैत्र २ गते भित्र नाम दर्ता गराइ सक्नुपर्नेछ ।