बैतडीको सुर्नयामा वाईसियल पालिका सम्मेलन सम्पन्न, अध्यक्षमा बिष्ट र इन्चार्जमा भट्ट चयन 

Image

बैतडी । नेकपा माओवादी केन्द्रको युवा संगठन वाइसिएलको सुर्नयामा पालिका सम्मेलन सम्पन्न भएको छ । शुक्रवार वाईसियलका केन्द्रिय सदस्य एबंम बैतडी जिल्ला ईन्चार्ज बिरेन्द्र धामीको प्रमुख आतिथ्यतामा सम्मेलन सम्पन्न भएको हो ।

जयबहादुर बिष्टको अध्यक्षतामा ५१ सदस्यीय पालिका कमिटि चयन गरेको छ । कमिटिको उपाध्यक्षहरुमा धन बहादुर साउँद, अम्मर सिह महरा, बिरेन्द्र बिक, सचविमा गोपाल बहादुर महरा, सहसचिवमा केशव भट्ट र कोषाध्यक्षमा अम्बीका बिष्ट चयन भएकी छिन् ।

सम्मेलनले पालिका ईन्चार्जको जिम्मेवारी केशब भट्टलाई दिएको छ ।