Khabar Board
Flash logo up side
flash header

छिमेकीमाथि बन्चरो प्रहार गर्ने कैलालीका एक जना पक्राउ‍

Nirbachan m

धनगढी । कैलालीमा छिमेकीमाथि बन्चरो प्रहार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको चुरे गाउँपालिका-६ आमपानीका २८ वर्षीय लालबहादुर बोहराले छिमेकीमाथि बन्चरो प्रहार गरेका प्रहरीले बताएको छ।

उनले आफ्ना छिमेकी ३५ वर्षीय प्रकाश ढाँटलाई सामान्य घरायसी विवादमा बन्चरो प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। बन्चरो प्रहारबाट घाइते भएका ढाँटको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको कार्यालयका पवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए। बन्चरो प्रहार गर्ने बोहरालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रवक्ता जोशीले बताए।

Center article
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.