काठमाडौं । काठमाडौं उपत्यकामा बन्दको प्रभाव सामान्य परेको छ । प्रहरीले सोमबार बिहानै विभिन्न स्थानबाट ६ जना बन्दकर्तालाई पक्राउ गरेको छ । काठमाडौं प्रहरीका अनुसार जबरजस्ती बन्द गराउन खोज्ने तथा तोडफोडमा संलग्न ६ जनालाई पक्राउ गरिएको हो ।
बन्दकर्ताले केही सवारीसाधनमा पनि तोडफोड गरेको प्रहरीले जनाएको छ । बन्दका कारण स्कुल तथा कलेजहरु प्रभावित भएका छन् । तर, यातायातका साथ साविकको अवस्थामा भन्दा केही कम चलेका छन् ।
विप्लव नेतृत्वको नेकपा सहित ८ दलले आइतबार संसदबाट एमसीसी पारित भएको विरोधमा बन्दको आह्वान गरेका हुन् ।