बैतडी । एमसीसी सम्झौता संसदबाट अनुमोदन भएको विरोधमा गरिएको नेपाल बन्दका कारण बैतडीका अधिकांश बजारहरु बन्द गरिएका छन् । बन्दकर्ताहरुले बैतडीको गोठलापानी र शाहीलेकमा टायर बालेर प्रर्दशन गरेका छन् ।
बन्दकर्ताहरुले एमसीसी सम्झौता राष्ट्रघाती भएको भन्दै खारेज गर्न माग समेत गरेका छन् ।