Khabar Board
Flash logo up side
flash header

धनगढीमा राष्ट्रिय भलिबल प्रतियोगिता हुने, विजेतालाई ४ लाख

Nirbachan m

धनगढी । कैलालीको धनगढीमा मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ। सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा चैत ७ गतेदेखि १२ गतेसम्म राष्ट्रिय भलिबल प्रतियोगिता आयोजना हुने भएको हो।

धनगढीमा पत्रकार सम्मेलन गर्दै परिषद्का सदस्य सचिव दीपकबहादुर सिंहले प्रतियोगितामा सात वटा प्रदेश र तीन वटा विभागीय गरी १० टोलीको सहभागिता रहने जानकारी दिए। ‘प्रतियोगिताको विजेताले नगद चार लाख, उपविजेताले दुई लाख, तेस्रो हुने टोलीले एक लाख र चौथो स्थान प्राप्त गर्ने टिमले ५० हजार नगदसहित ट्रफी र मेडल प्राप्त गर्नेछन्,’ सिंहले पत्रकार सम्मेलनमा भने।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद २० हजार तथा उदयमान खेलाडी, उत्कृष्ट लिफ्टर, उत्कृष्ट स्पाइकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेन्सर, उत्कृष्ट सर्वर र उत्कृष्ट प्रशिक्षकलाई जनही १० हजारसहित पुरस्कृत गरिने सिंहले बताए। प्रत्येक खेलका म्यान अफ द म्याचलाई नगद एक हजार पाँच सय नगदसहित पुरस्कृत गरिनेछ।

Center article

प्रतियोगितामा सहभागीता जनाउने सुदूरपश्चिम प्रदेशको टिमलाई बन्द प्रशिक्षणमा राखेर प्रशिक्षण दिन थालिएको छ,’ सिंहले भने, ‘यसअघि भएको प्रदेशस्तरीय भलिबल प्रतियोगिताका उत्कृष्ट १६ खेलाडीको क्याम्प चलिरहेको छ।’

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.