हेटौँडा । नेपाली कांग्रेस मकवानपुरको सभापति पदको दोश्रो चरणको निर्वाचन आज दिउँस १ बजेबाट हुने भएको छ । जिल्ला निर्वाचन अधिकृत गोपीशर्मा सुबेदीले निर्वाचन कार्यतालिका प्रकाशन गर्दै निर्वाचन आज दिउँस १ बजेदेखि ५ बजे सम्म हुने जनाएका हुन् ।
हिजो सम्पन्न निर्वाचनमा मतपरिणाम अनुसार सभापतिका उम्मेदेवार बुद्ध लामा ५९२ मत सहित प्रथम हुँदा दोश्रो बनेका आनन्दराम पराजुलीले ५४५ मत प्राप्त गरेका थिए । सभापतिमा कुनै उम्मेद्वारले ५१ प्रतिशत मत प्राप्त गर्न नसकेको कारण आज मंगलबार पुनः मतदान हुनेभएको हो ।
