Khabar Board
Flash logo up side
flash header

मकवानपुरको सभापतिमा बुद्ध लामा सर्वसम्मत निर्वाचित

Nirbachan m

हेटौंडा। नेपाली कांग्रेस मकवानपुरकाे सभापति बुद्ध लामालाई बनाउने सहमति जुटेकाे छ । मंगलबार बिहान हेटाैंडा रिसाेर्टमा भएकाे नेताहरूकाे छलफलबाट लामालाई सभापति बनाउने सहमति जुटेकाे छलफलमा सहभागी एक नेताले जानकारी दिए । छलफलमा कांग्रेस सह-महामन्त्री महालक्ष्मी उपाध्याय डिना, कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँ, सभापतिका उम्मेद्वार आनन्दराम पराजुली सहभागी थिए । साेमबार भएकाे निर्वाचनमा लामा पहिलाे, आनन्दराम पराजुली तेस्राे र जयराम लामिछाने तेस्राे भएका थिए । कसैकाे ५१ प्रतिशत मत नआएपछि निर्वाचन दाेस्राे चरणमा धकेलिएकाे थियाे।

छलफलमा सहभागी नेताले दिएकाे जानकारी अनुसार दाेस्राे चरणकाे निर्वाचन नहुने साथै सहमतिमै बुद्ध लामालाई नै सभापति चयन गरिने भएकाे हाे ।

Center article
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.