Khabar Board
Flash logo up side
flash header

एमसिसीविरुद्ध ६ कम्युनिष्ट पार्टीको आन्दोलनका कार्यक्रम घोषणा

काठमाडौं । ६ वटा कम्युनिष्ट पार्टी र दुई मोर्चाले एमसिसी संसदबाट पास भएको फागुन १५ गतेलाई कालो दिन घोषणा गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

बैठकपछि संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै उनीहरुले देउवा सरकार, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी जनता समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरुले नेपाली जनताको विरोध आन्दोलनका खिलापमा अमेरिकी साम्राज्यवादसँग आत्मसमर्पणवादी कुकार्य गरेको आरोप समेत लगाएका छन् ।

यस्तै उनीहरुले आगामी चैत ६ गतेसम्म आन्दोलनका विभिन्न कार्यक्रम घोषणा गरिएको छ। फागुन २० गतेदेखि विरोध प्रदर्शन, विरोध सभालगायतका विभिन्न कार्यक्रम तोकिएको छ।

यातायात कार्यालय हेटौँडा
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.