Khabar Board
Flash logo up side
flash header

प्रदेश सरकारले खर्च मात्र बढाएको दाबी: मेयर हरिबहादुर महत

Nirbachan m

हेटौंडा

 

 

हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले प्रदेश सरकारले अनावश्यक रुपमा व्ययभार मात्र बढाईरहेको बताएकाछन् ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ स्थित संयुक्त युवा क्लबको सम्पर्क कार्यालय उद्धघाटन कार्यक्रमलाई सम्बोधन गर्दै मेयर महतले नेपालको संविधनले तीन तहको सरकारले परिकल्पना गरे अनुसार अहिले देशमा ३ वटै सरकार भएपनि विचको सरकारको भूमिका खासै राम्रो नरहेको बताएका छन् । उनले स्थानीय तहमा हुनेकाम जति सबै संंघीय सरकार साथै स्थानीय सरकार मातहत हुने भएकोले बिचको सरकारले खर्च मात्र बढाएको दाबी गरेका छन् ।

कार्यक्रममा हेटौंडा वडा नम्बर ५ का वडा अध्यक्ष राजेश बानियाँले सयुक्त युवा क्लबले वडा भित्र छरिएर रहेका क्लबहरुलाई एकजुट गर्दै समाज रुपान्तरणको लागी अग्रसर हुनु ५ नम्बर वडाको लागी असल पक्ष रहेको पनि बताए।

Center article

साथै उनले सबैको उदेश्य समाज परिवर्तन र रुपान्तरण रहेकोले वडा कार्यालयले क्लबहरुलाई सधै सहयोग साथै सहकार्य गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

क्लबको अध्यक्ष विशाल राज महतको सभाध्यक्षतामा भएको कार्यक्रममा महतले वडा भित्रहुने सबै किसिमका विकास समाजिक कार्यमा सबैसंग सहकार्य गर्दे अघि बढ्ने बताएका छन्।

कार्यक्रममा वडा भित्र रहेका विभिन्न क्लबका प्रतिनिधि,टोलविकास संस्थाका प्रतिनिधिहरु ,लगाएत वडा भित्र रहेका राजनैतिक दलका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.