हेटौंडा। अमेरिकी सहायता परियोजना (एमसीसी) सम्झौता संसदबाट अनुमोदन भएलगत्तै एमसीए नेपालले कर्मचारी भर्नाका लागि आवेदन माग गरेको छ।
एमसीसी परियोजना कार्यान्वयनको तयारीका लागि मिलेनियम च्यालेन्स एकाउन्ट नेपाल विकास समिति (एमसीए नेपाल) ले कर्मचारी माग गरेको हो।
प्रतिनिधिसभाले गत फागनु १५ गते व्याख्यात्मक टिप्पणीसहित एमसीसी सम्झौता अनुमोदन गरेको थियो।
यो अनुमोदन भएसँगै आज एमसीए नेपालले सूचना प्रकाशित गरी कार्यालय सहयोगीदेखि प्रोजेक्ट म्यानेजरसम्मका लागि आवेदन माग गरेको छ।
(कुन कुन पदकालागि कर्मचारी आवश्यकता छ त)
प्रोजेक्ट म्यानेजर, म्यानेजर, पावर सेक्टर रिफोर्म स्पेसिलिस्ट, असिस्टेन्ट इन्जिनियर, मोनिटोरिङ एन्ड इभ्यालुसन स्पेसिलिस्ट, आउटरिज कम्युनिकेशन असिस्टेन्ट, सवारी चालक साथै कार्यालय सहयोगी माग गरिएको छ।
एमसीसी मार्फत आउने पाँच करोड डलर र नेपालले थप्ने गरी जम्मा ६ करोड ३० लाख डलरको परियोजनामा विद्युत प्रसारण लाइन र सडक मर्मतसम्भार गरिनेछ। यो परियोजना कार्यान्वयनमा लान अघिको तयारीका लागि कर्मचारी माग गरिएको एमसीए नेपालले जनाएको छ














