मकवानपुर कांग्रेसको अधिवेशनमा चाप्लुसीवाद हाबी :पार्टी छाड्ने मुडमा जिल्ला नेता

Image

हेटौँडा

नेपाली कांग्रेस मकवानपुर ननाताबाद, दास मानसिकताबाट गुज्रिएको भन्दै मकवानपुरका केहि युवा नेताहरु पार्टी छाड्ने बिचमा पुगेका छन् । उनिहरुले कांग्रेस मकवानपुरमा शक्तिकेन्द्र धाउने साथै चाप्लुसी गर्नेहरुको मात्र स्थान सुरक्षित भएको भन्दै निराशा ब्यक्त गरेका हुन् ।

कांग्रेस मकवानपुरको निर्वाचन पछि सामजिक सञ्जाल फेसबुमा स्टाटस लेख्दै कांग्रेसका युवा नेता सुनिल अधिकारीले अब पाँच वर्ष घर ब्यवहार चलाउन जार्नुपर्ला भन्ने भावना ब्यक्त गरेका छन् । उनले लेखेका छन (पार्टी प्रतिनिधि साथिहरुले घर ब्यापार हेर्ने जिम्मा दिए) धन्यवाद छ’ ५ वर्षपछि सबै र सबैलाई मिलाएर फर्कने छु ‘ जय नेपाल । उनको स्टाटसमा धेरै नेताहरुले कमेन्ट गर्दै समर्थन पनि गरेका छन् ।

अर्का नेता नेपाल तरुणदल हेटौँडाका अध्यक्ष सुनिल गिरि पनि यो पटक भएको कांग्रेस अधिवेशनबाट निराश बनेकाे अवस्था देखिएको छ । उनले पनि सामजिक सञ्जाल मार्फत पार्टीनै छाड्ने खालको विचार भएको भनाई सार्वजनिक गरेका छन् ।

(उनले लेखेका छन् )

जनताको काम र कार्यक्रताको मर्म लाई बुझी दुख शुख मा साथ दीनुको परीणाम भोगियो दाश र शक्ति का पुजारी अनी नाताबाद कृपाबाद हरू हावी हुदै ……..
केही थान ईमान्दार को केही नलाग्ने देखीयो….
अब को राजनीति चाकडी चापलुसी नाताबाद कृपाबाद अनी आशीर्वाद बाट चल्ने अनुभव बटुल्दै यो फोहरी खेल बाट टाढा हुने सोच बनाउदै …….
जय नेपाल (राणा गय राजा गय तर रजौटाहरू बाक़ी रहे)क्रान्ति अझै बाकी रह्यो……..
गिरिको स्टाटसमा पनि अधिकांशले कांग्रेस मकवानपुरमा सुरु भएको चाप्लुसीवादको खुलेर बिरोध गरेका छन् ।
यो पटक कांग्रेसको अधिवेशनमा चाप्लुसीवाद हाबी भएको र काम गर्नेलाई भन्दा नेताको घर चाहर्नेलाई नेता बनाईएको भन्दै कांग्रेस कार्यकर्ताले आरोप लगाएका छन् । यो पटक अझ जातीयतालाई अघि सारेर राजनीति गरिएको कांग्रेसका केहि नेताको आरोप समेत
रहेको छ । (खबर ब्रेक)