बैतडीको सुर्नया गाउँपालिका वडा नं ४ मा तालाबन्दी

Image

बैतडी

बैतडीको सुर्नया गाउँपालिका वडा नं ४ को कार्यालयमा तालाबन्दी गरिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत फारम भर्ने बिषयमा काखापाखा गरिएको भन्दै स्थानीयहरुले शुक्रबार वडामा तालाबन्दी गरेका हुन् ।

वडामा प्रधानमन्त्री रोजगार कार्यक्रमको फारम भर्दै गर्दा आफूहरुलाई पूर्वाग्रहपूर्ण व्यवहार गरेकाले तालाबन्दी गरेको स्थानीयहरुले बताएका छन् ।

यता वडा नं ४ का वडा अध्यक्ष दिनेशप्रसाद भट्टले समस्याका बिषयमा छलफल गरेर समाधान गर्न खोज्दा समेत नमानेर स्थानीयहरुले तालाबन्दी गरेको बताए । कर्मचारीहरुले फारम भर्दा भेदभाव गरेको भन्ने कुरा सुनिएको र सो बिषयमा छलफल समेत गर्न नदिएको उनको भनाई छ ।

केही समस्या भए आपसी छलफलबाट समाधान निकाल्न सकिने भएपनि एक्कासी तालाबन्दी गरिएको वडा अध्यक्ष भट्टले बताए ।