हेटौंडा
नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र) द्धारा आज टोल बिकास चोक र सिमलटारको बुुद्ध चोकमा भेला सम्पन्न गरिएको छ।
नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र) भेलामा प्रमुख अतिथि माओवादी केन्द्र मकवानपुर जिल्ला समन्वय समितिका सचिव भिम बहादुर पाख्रिनको उपस्थितिमा कार्यक्रम वडा पार्टी अध्यक्ष देवकृष्ण थोकरको अध्यक्षतामा सम्पन्न भएको हो।
टोल बिकास चोकमा ११ सदस्य कमिटी गठन गरिएको छ भने सिमलटार बुद्ध चोकमा १३ सदस्यको टोल कमिटी गठन गरिएको छ।
टोल भेलामा माओवादी केन्द्र मकवानपुर जिल्ला समन्वय समितिका सचिवले सम्बोधन गर्दै उनले भने ‘जनताको पार्टी भनेकै माओवादी हो, जनताको हक, अधिकार सुनिश्चितका निम्ति लड्ने र सबै जातजाति, भाषा, धर्मलाई समान ब्यबहार गर्ने र धर्म निरपेक्षता को निम्ति अगाडि बढने साथै गरिब दु:खिहरुका लागि सदैव अगाडि बढने पार्टी माओवादी हो । जनताले पार्टी लाई चिन्नु पर्दछ।’
कार्यक्रमा सिमलटार टोल बिकास सस्थाका अध्यक्ष लगायतका विभिन्न पदाधिकारीको उपस्थिति रहेको थियो ।














