बाजुरामा एमालेबाट निर्वाचित वडाध्यक्ष काँग्रेसमा प्रवेश

Image

बाजुरा ।

बाजुरामा नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष काँग्रेस प्रवेश गरेका छन्। शनिबार बाजुरा खप्तड छेडेदह गाउँपालिका वडा न १ का वडाध्यक्ष बीरबहादुर रावल काँग्रेस प्रवेश गरेका हुन्।

उनले काँग्रेस नेता एवं गाउँपालिका अध्यक्ष समेत रहेका नरबहादुर रावत लगायत नेता कार्यकर्ताहरुको उपस्थितिमा पार्टी प्रवेश गरेका थ्रिए।