Khabar Board
Flash logo up side
flash header

एकीकृत समाजवादी एक्लै पनि स्थानीय तहको चुनाव लड्न तयार छ : मन्त्री प्रेम आले

Nirbachan m

धनगढी ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले आगामी स्थानीय चुनावमा नेकपा एकीकृत समाजवादी एक्लै पनि चुनाव लड्न तयार रहेको बताएका छन् । शनिबार धनगढीस्थित विमानस्थानमा भएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री आलेले यस्तो बताएका हुन् ।

उनले चुनावमा गठबन्धन भएपनि ठिक छ नभए पनि आफूहरु तयार रहेको बताएका हुन् । ”गठबन्धन आजको आवश्यकता हो, यो कुनै पार्टीसँग गएर टासिँएको होइन,’उनले भने,’यही गठबन्धले गर्दा नै शेरबहादुर देउवा प्रधानमन्त्री हुनुहुन्छ ।”

Center article

यो कुनै बाध्यता पनि होइन, परिस्थिती अनुसार अगाडी बढ्ने कुरा भएको उनको भनाई छ । ”स्थानीय तहको चुनावको तयारीमा सबै दल लागिरहेका छन,’उनले भने,’आफूहरु पनि चुनावको तयारीमा छौं ।”

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.