धनगढी ।
सामाजिक मन्त्रालय अन्तरगत रहने प्रदेश युबा परिषदद्वारा सुदुरपश्चिम प्रदेश युबा संजाल गठन गरेको छ ।
हिजो भएको प्रदेश भेलामा प्रदेशका नौं वटै जिल्लाका युवाहरुको सहभागिता रहेका थियो ।
नेतृत्व छनोटका लागी सहमति हुन नसक्दा गोलाप्रथाद्धारा समिति चयन गरीएको हो । समिति चयनमा अध्यक्षमा बसन्ती सापकोटा, उपाध्यक्षमा बैतडीका बाल अधिकारकर्मी तथा सामाजिक अभियान्ता बिशाल भट्ट, महिला उपाध्यक्षमा यज्ञ बोकटी सचिवमा रुगम रावल, सहसचिव, दिनेश भण्डारि र कोषाध्यक्ष बसन्ती साँउद गरी ८६ जनाको समिति बनाएको हो ।
यस्तै लेखा समिति संयोजक नरेश दमाई र समितीको सदस्यमा बाजुराका जय बहादुर रावत निर्बाचित भएका छन् ।