धनगढी ।
सामाजिक मन्त्रालय अन्तरगत रहने प्रदेश युबा परिषदद्वारा सुदुरपश्चिम प्रदेश युबा संजाल गठन गरिएको छ।
हिजो (शनिबार) भएको सुदुरपश्चिम प्रदेश युवा संजालको उपाध्यक्ष बैतडीका बाल अधिकारकर्मी सामाजिक अभियान्ता बिशाल भट्ट निर्बाचित भएका छन् । नेतृत्व छनोटका लागी सहमति हुन नसक्दा गोलाप्रथाद्धारा समिति चयन गरीएको हो ।
यस्तै समिति चयनमा अध्यक्षमा बसन्ती सापकोटा, महिला उपाध्यक्षमा यज्ञ बोकटी सचिवमा रुगम रावल, सहसचिव, दिनेश भण्डारि र कोषाध्यक्ष बसन्ती साँउद गरी ८६ जनाको समिति बनाएको हो ।
लेखा समिति संयोजक नरेश दमाई र समितीको सदस्यमा बाजुराका जय बहादुर रावत निर्बाचित भएका छन् ।
हिजो भएको प्रदेश भेलामा प्रदेशका नौं वटै जिल्लाका युवाहरुको सहभागिता रहेको थियो ।