डडेल्धुरा।
डडेल्धुरा ईस्पीकिङग आईडल २०७८ सम्पन्न भएको छ। अमरगढी नगरपालिकाको निर्माण व्यावसायी संघको हलमा ईस्पीकिङग आईडल सम्पन्न भएको थियो । खबरदारी न्युजको आयोजना, शिखर बहुउद्देश्य बिकास समाज सह-आयोजनामा र बोल्ने थलीको प्रबर्द्धनमा रहेको थियो ।
ईस्पीकिङग आईडल साथै पालिकामा पालिका आईडल भएका थिए । पालिका आईडलबाट ४ जनाका दरले छनौट गरिएको थियोे । डडेल्धुराको पर्यटन विकासमा हाम्रो भुमिका शिर्षकमा भएको ईस्पीकिङग आईडलमा प्रथम निराजन द्वारिया भएका थिए भने दितिय निसा कार्की तृतीयमा ज्योति पुजारा र सुबास पनेरूले चौथो स्थानमा हासिल गरेका थिए ।
बिजेताहरुले प्रथम पुरुस्कार रु १५,०१५ , द्धतिय रु १०,०१०, तृतिय रु २५,२५ र चौथोमा रु १,०१० का दरले प्राप्त गरेका छन । उक्त पुरुस्कारको रकम समाजसेवी बिनय प्रकाश मल्लले सहयोग गरेको थियोे ।
जिल्लाको समग्र बिकासका लागि विद्यार्थीहरु मार्फत जानकारि गराउनुको साथै, विद्यार्थीह्रुको नेतृत्व विकासका लागि यस कार्यक्रमले भुमिका खेल्ने हिक्मत मालीले जानकारी दिए ।
कोरोनाले २ बर्ष सम्म विद्यार्थीहरुका लागि अतिरिक्त किृयाकलाप नभएकाले यस कार्यक्रमले विद्यार्थीहरुलाई प्ररित गर्ने छ । कार्यक्रमलाई सहयोग गर्नुहुने सबै दाता, सहयोगीहरुलाई विशेष धन्यवाद दिएको छ ।