Khabar Board
Flash logo up side
flash header

सत्ता गठवन्धनले आउँदो स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गर्ने

Nirbachan m

हेटौँडा

 

सत्ता गठवन्धनले आउँदो स्थानीय तह निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकामा चुनावी तालमेल गर्नेगरि चुनावी तालमेलको तयारी थालेका छ ।

बागमती प्रदेश अन्र्तगत रहेका ३ वटा महानगरपालिका र एक उपमहानगरपालिका सत्ता गठवन्धनले भाग लगाउँदा दुईवटा नेपाली कांग्रेस र एक माओवादी केन्द्र साथै एक नेकपा (एकिकृत समाजवादी) को भागमा पर्ने श्रोतको दाबी रहेको छ ।

Center article

प्राप्त जानकारी अनुसार नेपाली कांग्रेसले काठमाण्डौ र ललितपुर महानगरपालिकामा मेयरको उम्मेद्वार खडा गर्ने , त्यसैगरी भरतपुरमा नेकपा माओवादीले मेयरको सिट प्राप्त गर्दा बागमती प्रदेशको एक मात्र उपमहानगरपालिका चाहिँ समाजबादीको भागमा पर्ने संभावना उच्च रहेको छ ।

 

यस अघि एमालेले जितेको काठमाण्डौँ महानगरपालिका र हेटौँडा उपमहानगरपालिकामा कांग्रेस र समाजवादीले एक–एक क्षेत्र लिने छन भने यस अघि कांग्रेस र माओवादी केन्द्र विजयी भएका स्थानमा सोहि दलले पुनः (फेरि )प्रमुख पदको टिकट पाउने कुरा भएको बताईएको छ । नेपाली कांग्रेसको जनतामा राम्रो प्रभाव परेको ले देशको सबैभन्दा महत्वपूर्ण स्थानीय निकाय काठमाण्डौँलाई कांग्रेसले नै लिने निश्चित भएसंगै
समाजवादीका स्थायी कमिटि सदस्य बिरोध खतिवडाको गृह नगर हेटौँडा चाहिँ समाजवादीले पाउने ति नेताको दाबी रहेको छ ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.