Khabar Board
Flash logo up side
flash header

बैतडीमा राष्ट्रिय परिचयपत्रको काम अब वडाबाटै

Nirbachan m
Center article

बैतडी

 

बैतडीमा राष्ट्रिय परिचय पत्रको काम वडा तहबाटै हुने भएको छ। यसअघि जिल्ला प्रशासनमा हुँदै आएको परिचयपत्र विवरण सङ्कलनको काम अब वडा तहबाटै गर्न लागिएको हो।

दुई चरणमा सञ्चालन हुने उक्त कार्यक्रम पहिलो चरणमा यही चैत ६ गतेदेखि सुरु हुने जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए। दश स्थानीय तह रहेका जिल्लाका चार स्थानीय तहमा पहिलो चरणमा उक्त कार्यक्रम सञ्चालन हुनेछ। पहिलो चरणमा शिवनाथ, सिगास, डिलाशैनी र पञ्चेश्वर गाउँपालिकाका वडा–वडामा विवरण सङ्कलनको काम सञ्चालन हुने उनको भनाइ थियो।

सूचना अधिकारी भारतीले भने,“एक पालिकामा कम्तीमा १५ दिनसम्म कार्यक्रम सञ्चालन हुन्छ, प्रत्येक वडामा कर्मचारी खटाएर विवरण सङ्कलन गर्छौ।” विवरण सङ्लनका लागि कर्मचारी वडा कार्यालयमै खटाइने र यसका लागि ३५ विवरण दर्ता अपरेटर परिचालन हुनेछन्। विवरण सङ्कलन गरिसकेपछि राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले परिचयपत्र जारी गर्ने र सो परिचयपत्र वडाबाटै वितरण हुने जनाइएको छ। पहिलो चरणमा चार स्थानीय तहको विवरण सङ्कलन भएपछि त्यसपछि जिल्लाका अन्य स्थानीय तहका वडामा पनि विवरण सङ्कलनको काम सञ्चालन हुनेछ।

सोह्र बर्ष उमेर पूरा भई नेपाली नागरिकता लिएका नागरिकको विवरण सङ्कलन हुनेछ। राष्ट्रिय परिचय पत्र बहुउपयोगी भएकाले आफ्नो नाम दर्ता गराउन प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले आग्रह गरेका छन्। विस २०७७ असोज पहिलो सातादेखि सुरु गरिएको उक्त विवरण सङ्कलनमा हालसम्म सात हजारभन्दा बढी सहभागी भइसकेका छन्।

रासस

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.