Khabar Board
Flash logo up side
flash header

सुदूरपश्चिमका यी ८ अस्पतालका व्यवस्थापन समिति अध्यक्ष नियूक्त, को-को कहाँ भए ?

Nirbachan m

धनगढी।

धनगढीको सेती प्रादेशिक अस्पतालसहित सुदूरपश्चिम प्रदेशका ८ अस्पतालमा व्यवस्थापन समिति अध्यक्ष नियुक्त गरिएका छन।

बिहिबार बसेको प्रदेशको १२८ औं मन्त्रीपरिषद बैठकले सुदूरपश्चिमका ८ अस्पतालका अध्यक्षको नियुक्ति दिएको हो । डोटी अस्पताल बाहेकका अन्य अस्पतालमा व्यवस्थापन समिति नियूक्त गरेको सुदूरपश्चिम सरकारकी प्रवक्ता तथा आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशीले बताइन्।

प्रदेश सरकार मातहात रहेको पुरानो अस्पताल व्यवस्थापन समितिको म्याद सकिएपछि सामाजिक विकास मन्त्रालयको प्रस्तावमा नयाँ समिति नियुक्त गर्ने निर्णय भएको उनले बताइन्।मन्त्रीपरिषद बैठकले रिक्त रहेको सेती प्रादेशिक अस्पताल बिकास समितिको अध्यक्षमा नरबहादुर शाह (निर्मल) लाई नियूक्त गरेको छ ।

Center article

यस्तै महाकाली प्रादेशिक अस्पतालमा कृष्णानन्द भट्ट, टीकापुर अस्पतालमा झपटबहादुर सोडारी, अछाम जिल्ला अस्पतालमा शिव बोगटी, बाजुरामा मानबहादुर कार्की, बझाङमा सुनबहादुर सिंह, दार्चुलामा दीपक जोशी र बैतडी जिल्ला अस्पतालमा पार्वती भट्ट नियूक्त गरिएको छ। डोटी जिल्ला अस्पतालको सबै प्रक्रिया पुगिसकेको र कागजपत्र प्राविधिक कारण आउन नसकेका कारण नियुक्त गर्न ढिलाइ भएको कानुन मन्त्री पूर्णा जोशीले बताइन्।

प्रदेश सरकार मातहत रहेका ८ अस्पतालमा पुराना अध्यक्षको कार्यकाल सकिएपछि नयाँ नियुक्ती दिईको सुदूरपश्चिम सरकारकी प्रवक्ता तथा आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशीले बताइन्। सामाजिक विकास मन्त्रालयको प्रस्तावमा उक्त नियक्ति दिइएको मन्त्री जोशीले बताईन्।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.